काठमाडौ। पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा विहीवार साँझ पाँच बजेदेखिनै मतगणना शुरु भएको छ।

पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना गर्ने तयारी गरिएअनुरुप मतगणना शुरु गरिएको निर्वाचन आयोगले भनेको छ।

पहिलो चरणमा ६५ प्रतिशत मत खसेको थियो। विहीवार भएको दोश्रो चरणको मतगणना भने शुक्रबारवाट हुने जानकारी पनि आयोगले दिएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार