mrs-ukलण्डन। बेलायतमा रहेका विवाहिता महिलाहरुको प्रतिभा प्रदर्शन गरेर उनीहरुलाई पुरस्कृत गर्ने प्रमुख उदेश्य वोकेको मिसेस युके नेपाल २०१६ को आयोजना हुने भएको छ।

इभेन्टस् एण्ड आइडियाज् प्रोडक्सनले पहिलोपल्ट बेलायतमा आयोजना गर्न लागेको हो। मिसेस युके नेपाल २०१६ को पहिलो अडिसन मे महिलनाको ७ तारिकका दिन फार्नवोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा हुने भएको छ।

विहान ११ बजेदेखि २ बजेसम्म र ग्राण्ड फाइनल ३० जुलाईमा इम्पायर हल अल्डरसटमा गर्ने तय भएको आयोजकले बताएको छ। आयोजक प्रोडक्सन कंपनीकी निर्देशक शान्ति गुरुङ्गले प्रतिभा भएर पनि उक्त प्रतिभालाई प्रदर्शन गर्न नपाइरहेका बेलायतमा रहेका विवाहिता नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम गरिन लागेको बताएकी छन्।

मिसेस यूके नेपाल २०१६ उपाधि जित्नेलाई ८०० पाउण्ड, फष्ट रनरअपलाई ५०० पाउण्ड र सेकेन्ड रनरअपलाई ३०० पाउण्ड नगदसहित क्राउन 
दिइनेछ। आयोजकले प्रतियोगितामा भाग लिन इच्छुक महिलालाई सम्पर्क गर्न भनेका छन्। सम्पर्क इमेलमार्फत shantigurung327@gmail.com र मोवाइल नं. 07578365566 मा सम्पर्क गरि नाम दर्ता प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

इभेन्ट्स एण्ड आइडियाज् प्रोडक्सनले एकैसाथ मिस यूके नेपाल पनि गर्ने भएको छ । गत वर्ष स्थगित पांचौं मिस यूके नेपालको अडिसन पनि ७ मे शनिवार कै दिन गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नवोरोमा गर्ने निर्णय भएको हो । सो को ग्राण्ड फिनाले आगामी सेप्टेम्बरमा गर्ने भनिएपनि मिति र स्थान भने तोक्न बांकी छ।सुन्दरी अभावका कारण मिस यूके नेपाल गर्न आयोजकले सास्ती खेप्दै आएका छन्।

इभेन्ट एण्ड आइडियाजकी निर्देशक गुरुङले इच्छुक युवतीहरुलाई सम्पर्क गर्न अपिल गरेकी छिन्।विजेताले मिसेस यूके नेपालकै सरह क्राउन र नगद राशी प्राप्त गर्नेछन्। सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतिष्पर्धी अभावकै कारण सन् २०१३ मा स्थगित गर्नुपरेको थियो।

अध्ययन, जागिरले समय अभाव र भौगोलिक अवस्था पनि प्रतियोगी खडेरी हुने कारक रहेको अनुभव आयोजकसंग छ। यसअघिका प्रतियोगिताले क्रमशः नवीना गुरुङ, गौमाया गुरुङ, दुर्गा गुरुङ र निया देवानलाई मिस यूके नेपालको उपाधि दिलाइसकेको छ ।
प्रकाशन मिति–२०७२ साल चैत्र २० गते शनिवार ।