काठमाडौ। विश्वकपमा पाँच पटक विजेता ब्राजिल रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताबाट आउट भएको छ। शुक्रबार राति आयोजित क्वार्टरफाईनलमा बेल्जियमले ब्रजिललाई २–१ गोलले पराजित गरेपछि आउट बनेको हो।

खेलको १३औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्मघाती गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा बेल्जियमले ब्राजिललाई कुनै पनि मौका दिएको थिएन। खेलको ३१औं मिनेटमा बेल्जियमका केविन डे ब्रुनीले गोल गर्दै बेल्जियमको अग्रता २–० बनाएका थिए। बल आफ्नो पक्षमा धेरै राखे पनि ब्राजिलले गरेका आक्रमणहरुलाई बेल्जियमको रक्षापंक्तिले निस्तेज पारेको थियो।

खेलको ७६औं मिनेटमा रेनाटो अगस्तोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसपछि ब्राजिलले केही राम्रा आक्रमणहरु गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन। बेल्जियमले सेमी फाईनलमा फ्रान्सको सामना गर्नेछ।
प्रकाशन मिति–२०७५ साल असार २३ गते शनिवार ।