काठमाडौ। अन्तरराष्ट्रिय समाचार माध्यमहरुका अनुसार विगत पाँच वर्षदेखि द्वन्द्वको चपेटामा परेको सिरियामा पानीको हाहाकार भएको छ। तीव्र द्वन्द्वका कारण सिरियाको ऐतिहासिक सहर एलप्पोमा २० लाख मानिसलाई पानीको अभाव भएको राष्ट्रसंघले जनाएको छ।

siriya

शुक्रबार राति सिरयाली सेनाले गरेको आक्रमणमा विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी एलेप्पोमा पानीको पाइप फुटी आपूर्ति रोकिएको राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय युनिसेफले जनाएको छ। त्यसको प्रतिशोधमा एलेप्पोका अन्य सनमा वितरण गरिने पाइपका पम्प पनि बन्द गरिएको छ।

‘पूर्वी एलेप्पो र पश्चिम एलेप्पोमा पानी वितरण रोकिएको छ, जसका कारण त्यहाँका २० लाख मानिस प्रभावित भएका छन्,’ युनिसेफका प्रवक्ता काइरन डायरले भने। एलेप्पोका मानिसले फोहोर र संक्रमित पानी खान बाध्य भएको बताउँदै डायरले सर्वसाधारण मानिस जोखिममा परेको डायरले बताए ।

सोमबार युद्धविराम भंग भएपछि सिरियाली युघ झन् चर्किएको छ । विद्रोहीको कब्जामा रहेको पूर्वी एलेप्पोलाई सेनाले आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
प्रकाशन मिति–२०७३ साल असोज १० गते सोमवार ।