काठमाडौ। विवाह वन्धनमा बाँधिएकी बलिउड अभिनेत्री करिना कपुर यतिखेर गर्भवती बनेकी छन्। पाँच महिनाकी गर्भवती करिनाले गर्भावस्थालाई अत्यन्त रोचक तथा रहस्यमय भएको प्रतिक्रिया दिएकी छन्।

Karina Kapoor in Preganancy

भारतीय समाचार माध्यमहरुसंगको कुराकानीमा करिनाले गर्भवती हुनुलाई कुनै रोग लागेजस्तो ठान्नु नहुने बताएकी छन्। मनुष्य चोलाको स्वभाविक प्रकृयाको रुपमा लिनुपर्ने भनेकी छन्। यसलाई झन्झटको रुपमा पनि लिन नहुने बताउंदै करिनाले यस अवस्थामा सामान्य दिनचर्या विताउन सकिने राय दिएकी छन्।

गर्भ हुंदा र नहुंदाको अवस्थामा खासै फरक अनुभव नभएको बताउने करिना गर्भवती पेट देखाएर केही दिनअघि मुम्बईमा भएको फेसन वीकमा क्याटवाक समेत गरेकी थिइन्। जसमा उनी सामान्य ढंगमा प्रस्तुत भएकी थिइन्।
प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार