Crime in Pakistanकाठमाडौ । पाकिस्तानको कराँचीमा अफगानी कुटनीतिज्ञको गोली हानि हत्या गरिएको छ। कराँचीको दक्षिण क्षेत्र स्थित अफगानी दुतावासमा एक सुरक्षागार्डले कुटनीतिज्ञ मोहम्मद जाकीको गोलि हानी हत्या गरेको बीबीसीले उल्लेख गरेको छ।

कुटनीतिज्ञ जाकीको निजि सुरक्षा गार्डले त्या गरेको पाकिस्तानका लागि अफगानी राजदुत ओमार जाखीवालले पुष्टि गरेका छन्। गोली हान्ने सुरक्षागार्डलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हत्याको कारण भने खुल्न सकेको छैन। जाकी वाणिज्य दुतावासका तृतीय सचिवका रुपमा कार्यरत रहेको अफ्गानी दुतावासले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।