Pakistan

इस्लामावाद। पाकिस्तानमा इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटले आत्मघाती आक्रमण गराइ दर्जनौंको हत्या गरेको छ । दक्षिणी सिन्ध प्रान्तको निकै चर्चित सूफी दरगाहमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जना मारिएका छन् ।

घटनामा दुई सय ५० भन्दा बढी घाइते भएका छन्। सेहवन शहरस्थित सूफी सन्त लाल शाहबाज कलन्दरका दरगाहमा भक्तजनको भीड भएको स्थानमा आक्रमणकारीले आफैंमाथि विष्फोट गराएको प्रहरीले जनाएको छ।

सो घटनाको प्रधानमन्त्री नवाज शरीफले निन्दा गरेका छन्। घटनामा संलग्नलाई नछाडिने प्रतिक्रिया शरीफले दिएका छन्। आईएसले ट्विट गरी घटनाको जिम्मेवारी लिएको हो। यस घटनापछि अरु दरगाह बन्द गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसै हप्तामात्र लाहौरमा पञ्जाब विधान सभानजिक तालिबानले गराएको विष्फोटमा १३ जना मारिएका थिए । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल फागुन ६ गते शुक्रबार ।