काठमाडौं। पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै भंग गरेको छ ।

यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो।

मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए।
फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ। एडिसनल अटर्न जनरल इस्तियाक ए.खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावि हुनेछ।

गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल पुस २९ गते मंगलवार ।