Smrit with Maha Ko Ma3काठमाडौ। दशैंपछिको दोश्रो महान पर्व तिहारको तेश्रो दिन ललितपुरको पाटन दरबार स्क्वायर स्थित कात्तिक नाच डबलीमा आयोजित महको म हस्ताक्षर कार्यक्रम संपन्न भएको छ।

साँझ ५ बजेवाट महको म हस्ताक्षर कार्यक्रम प्रारम्भ हुने भनिएतापनि कितावका लेखक तथा नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठ आउन अलि अबेर हुन पुगेको थियो।

Smrit with Maha Ko Ma1

महको म कितावका लेखक मदनकृष्ण श्रेष्ठ मह सञ्चारमा लक्ष्मीपूजा सकाएर त्यहाँ आइपुग्दा अलि ढिला भएको थियो। मदनकृष्ण श्रेष्ठ कात्तिक नाच डबलीमा उपस्थित भएपछि त्यहाँको रौनकता नै बेग्लै हुन पुगेको थियो।

Smrit with Maha Ko Ma

सुखावती मल्टी प्रोडक्सनको आयोजनामा आयोजित हस्ताक्षर कार्यक्रममा मदनकृष्ण श्रेष्ठको हातवाट हस्ताक्षरित महको म नामक किताव किन्नेहरुको भिड नै लागेको थियो।

टोल–टोलमा महको म नाम दिएर सुखावती मल्टी प्रोडक्सनले चलाएको यो अभियानवाट हालसम्म १ हजार ५ सयभन्दा बढी कितावको विक्री भैसकेको जानकारी आयोजक सुखावतीका संस्थापक अध्यक्ष तथा नेपालभाषाका चर्चित कलाकार–निर्देशक सुरेन्द्र तुलाधरले भनेका छन्।

Smrit with Maha Ko Ma2प्रकाशन मिति–२०७४ साल कात्तिक २ गते विहीवार ।