Patan Musiam Art 3ललितपुर । “बाल–बालिकाको कलाको विकास, देशको विकास” भन्ने नारा सहित पाटन संग्रहालयमा चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। रिजेन्ट इन्टरनेशनल स्कूलको आयोजनामा मंगलवारवाट प्रारम्भ भएको चित्रकला प्रदर्शनी तीन दिनसम्म जारी हुने जानकारी प्रसिद्ध चित्रकलाका कलाकार अजय देसारले भिजन संसारलाई बताएका छन्।

Patan Musiam Art 2प्रदर्शनीमा ४७ विद्यार्थीका ६० वटा चित्र प्रदर्शनीमा रहेका छन्। सिसाकलमले बनाएका चित्र तथा जलरंगले बनाइएका चित्रमा दर्शकहरु झुम्मिएको पाइएको छ।

हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यको विशेष आतिथ्यमा मंगलवार प्रदर्शनीको शुभारम्भ गरिएको हो। कार्यक्रममा ललितपुरका उप–जिल्ला शिक्षा अधिकारी तुलसी प्रसाद आचार्यको समेत उपस्थित रहेको थियो।

Patan Musiam Art 1प्रकाशन मिति–२०७३ साल चैत्र २९ गते मंगलवार ।