ललितपुर। विश्वविख्यात नेपाली कलाकार अजय देसारको योङ्ग पिकासो कम्युनिटी स्कुलको आयोजनामा पाटन संग्रहालयमा “क्यानभासमा सत्यमोहन बा” चित्रकला प्रदर्शनीको शुभारम्भ भएको छ।

संस्कृतिविद् शताब्दी पुरुष स्वर्गवासी सत्यमोहन जोशीको देहत्यागको अर्धवार्षिकी पुण्यतिथिमा शुक्रवारवाट प्रदर्शनीको शुभारम्भ भएको हो।

आगामी चैत्र ३० गतेसम्म हुने प्रदर्शनीमा राखिएका चित्रहरु योङ्ग पिकासोले २०७६ सालमा स्व. सत्यमोहन जोशीको शताब्दी जन्मोत्सवमा आयोजना भएको दोश्रो राष्ट्रिय चित्रकला प्रतियोगितामा करिब ४०० चित्रकारहरुले कोरेका प्रत्यक्ष चित्रहरुमध्ये सर्वोत्कृष्ट ४० चित्रलाई राखिएको छ।

प्रदर्शनी शुभारम्भ ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले गरेकी थिइन्।

प्रकाशन मिति–२०७९ साल चैत्र २४ गते शुक्रवार।