sexi-rekha-thapa-in-diary

काठमाडौ। नेपाली कथानक चलचित्र डायरीको ट्रिजर सार्वजनिक गरिएको छ। चलचित्रमा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको अभिनय रहेको छ। छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसंगै आउने अवस्थालाइ चलचित्रमा देखाइएको छ।

sexi-rekha-thapa-in-diary1

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माणमा रहेको चलचित्र डायरीलाई आवरण चलचित्र मार्फत निर्माताको रुपमा चलचित्रमा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् । चलचित्र नोभेम्बेर रेन मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै चलचित्र मार्फत निर्मात्री बनेकी छिन । चलचित्रमा रेखा भने भिलेनको रुपमा देखिएकी छिन।

Diarry – Official Teaser

पछिल्लो समय चलचित्र नै हाक्ने रेखा यसमा भने कथा सुहाउदो भएकोले नै भिलेन बनेकी हुन्। चलचित्र आउदो चैत्रमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १४ गते मंगलबार ।