काठमाडौं। पानवाला जोगिन्दरको शहरमा व्यापक चर्चा रहेको छ। पानवाला जोगिन्दरको पान पसलमा नेता देखि अभिनेतासम्म पान खान हानथाप नै गर्ने गरेको छ। मजाको मजेदार पान खिलाएर उनीहरुको दिमाग सफा गर्ने कार्य गर्दैआएका छन्।

उनै पानवाल जोगिन्दरको वास्तविक नाम शिवशंकर प्रसाद रिजाल हो। विगत डेढ दशकदेखि कलाकारितामा व्यापक रुपमा छाउंदै आएका पानवाला जोगिन्दरको पान पसल भने, काठमाडौंवाट प्रसारित हिमालय टेलिभिजनमा हेर्न पाइन्छ। हिमालय टेलिभिजनको कमेडी टक–शोको रुपमा जोगिन्दरको पान पसललाई लिइने गरेको छ।

दर्जनौ दर्जन गाईजात्रे अडियो क्यासेट देखि भीसीडी समेत निकालेर नेपाली समसामयिक हांस्य–व्यंग्य क्षेत्रमा तराई मूलका पात्रका अभिनयवाट बेजोड व्यंग्य कस्न खप्पिस जोगिन्दरको विचारमा नेपाली कलाकारहरु राजनीति गर्ने नेताहरुका मादल मात्र बन्ने गरेको छ। जसले जतावाट जसरी बजाएपनि बज्ने मादल जस्तो बनिरहेको तिखो व्यंग्य पनि उनको रहेको छ। उनी आफैपनि मादल बनिरहेको गुनासो पोख्न बेर मान्दैनन।

उनै बेजोड कमेडी कलाकार पानवाला जोगिन्दर शिवशंकर प्रसाद रिजालसंग भिजन संसार डटकमले गरेको भिडियो अन्तरवार्ता–

प्रकाशन मिति–२०७६ साल फागुन १८ गते आइतवार ।