काठमाडौ। पानवाला जोगिन्दर शिवशंकर प्रसाद रिजालको ख्याति तथा प्रतिष्ठालाई मध्यनजर गरेर पानवाला जोगिन्दरकै नामवाट गीत बनेको छ। जोगिन्दर शिवशंकर प्रसाद रिजालको नामवाटै बनेको गीतको वोल नै पानवाला जोगिन्दर पानवाला नेपालकै नमूना पानवाला जोगिन्दर रहेको छ।

यस गीतमा जोगिन्दर आफै छम्मक्क छम्मक्क स्टाइलमा सेक्सी लोकदोहरी गायिका ज्योति मगरसंग बडा गजबले अभिनय गरेका छन्। प्राय गीतका भिडियोहरुमा सेक्सी हाउभाउमा नाच्ने ज्योति मगर पानवाला जोगिन्दरसंग मज्जाले शालिन भएर नाचेकी छन्।

जोगिन्दरले उत्तेजनामा ज्योतिलाई किस्स गर्न खोज्दा जिम्मवालतिर तन्केकी ज्योतिको भोजपुरी स्टाइल पनि गीतको भिडियोमा गजबै देखिएको छ। साथमा परराज पौडेल, सिर्जना गुरुङ, नेत्र बानियाँ लगायतको अभिनय पनि बेजोड रहेको छ। महेश ज्ञवालीको शव्द तथा संगीत रहेको गीतमा परराज पौडेल र सिर्जना गुरुङको गायन रहेको छ।

भिडियोको सचिन थापा मगरले गरेका हुन्। मधेशको भेषभूषामा यस गीतको छायाँकन चितवनको सौराहामा गरिएको जानकारी जोगिन्दर शिवशंकर प्रसाद रिजालले भिजन संसार डटकमलाई दिएका छन्। जोगिन्दर शिवशंकर प्रसादले यो गीतले आफूप्रति दिएको ठूलो सम्मान भनेर प्रतिक्रिया पनि दिएका छन्। यो गीतको युट्युब मार्फत विश्वव्यापी रिलिज समेत गरिएको छ।

प्रकाशन मिति–२०७५ साल साउन ४ गते शुक्रबार ।