ललितपुर । पानोरमा टेलिभिजनले प्रथम साधारण सभा सम्पन्न गरेको छ। सोलिडारिटि मिडियाबाट संचालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको हो।

उक्त साधारणसभामा विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने टेलिभिजनका सेयरधनीहरुलाई सम्मान समेत प्रदान गरिएको छ। सम्मानित हुने सेयरधनीहरुमा नेशनल प्याब्सनमा सहअध्यक्ष निर्वाचित भएका सुवाष न्यौपाने, प्याब्सनमा केन्द्रिय उपाध्यक्षमा निर्वाचित थकिन कुमार गुरुङ, हिसानका केन्द्रिय सचिवमा निर्वाचित डा. ऋषि तिवारी, ललितपुर प्याब्सनको अध्यक्षमा निर्वाचित निरोज महर्जनलाई सम्मानित गरिएको छ।

त्यस्तै, रजत महोत्सब मनाउन सफल काञ्जिरोवा स्कुलका प्रमुखसमेत रहेका महेन्द्र खनाल तथा रोटरी क्लव अफ महाबौद्धको सन् २०२२।२३ को लागि अध्यक्ष निर्वाचित वत्स शाक्यलाई सम्मान प्रदान गरिएको हो। सम्मानित सवैलाई टेलिभिजनका बोर्ड सदस्य तथा प्याब्सनका पूर्वअध्यक्ष विजय सम्बाहाम्फेले सम्मान पत्र प्रदान गरेका थिए।

साधारण सभामा टेलिभिजनका कार्यकारी अध्यक्ष श्याम तण्डुकारले बार्षिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनलाई सुझाव सहित पारित गरिएको थियो। कम्पनीले अधिकतम ९९ जनालाई शेयर सदस्य दिने निर्णय समेत साधारण सभावाट पारित गरिएको छ।
प्रकाशन मिति–२०७९ साल असार २६ गते आइतवार ।