Nepal Police 1

काठमाडौ। पाल्पामा नेपाल प्रहरीले पहिलोपटक ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले लामो अनुसन्धानपछि बुधवार जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको जनाएको छ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ५७३१ नंको बसमा पाल्पा प्रहरीले तानसेन नगरपालिका– ४ जिल्ला अस्पतालको चोकमा जाँचका क्रममा ३९ किलो चरेस बरामद गरेको हो ।

पाल्पा प्रहरीले चरेस बोकी ल्याउने बाँके कोहलपुर नपा– १३ की ३९ वर्षीया मनकुमारी चलाउने र साविकको उवा गाविस– ६ रोल्पाकी ३४ वर्षीया राजीपुरा रोकामगरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिएका छन्।

प्रहरीको विशेष सुराकीका आधारमा बसमा जाँच गर्दा राजीपुरा रोकाको दुई वटा झोलाबाट २३ किलो र मनकुमारीको झोलाबाट १६ किलो चरेस बरामद गरिएको हो।
प्रकाशन मिति–२०७४ साल बैशाख १३ गते बुधवार ।