लण्डन । नेपालभन्दा बाहिर बेलायतमा रहेका नेवारहरुको साझा चौतारीको रुपमा चिनिएको ख्यातिप्राप्त संस्था पासा पुचः गुठी युकेको साउथ–इष्ट इकाईको छैठौ बार्षिक साधारण सभा हुने भएको छ। यही जुन १८ तारिखका दिन लण्डनको प्लमस्टिडको व्हाइट हार्ट रोडस्थित साल्भेसन आर्मी हलमा लण्डनको समय अनुसार मध्यान्ह १२ बजेदेखि शुरु हुने आयोजक पासा पुचः गुठी युके साउथ–इष्ट युकेले जनाएको छ।

pasapuchasouth

साधारण सभामा चुत्रवहादुर श्रेष्ठको नेतृत्व रहेको कार्यसमिति विघटन गरेर नयाँ कार्यसमिति चयन हुने गुठीका सल्लाहकार तथा एनआरएन युकेका कोषाध्यक्ष दीपक श्रेष्ठले भनेका छन्। साधारण सभामा गुठीका विगतका गतिविधिको समीक्षा गर्नुको अलावा नयाँ कार्यसमितिको तर्जुमा गरिने बताइएको छ।

सभामा नेपाल बाहिर बेलायतमा रहेर पनि नेवार कला तथा संस्कृति झल्काउने परम्परा तथा परिकारलाई विशेष स्थान दिइने पनि भनिएको छ। लण्डनको साउथ–इष्ट क्षेत्रमा बसोबास गर्ने संपूर्ण नेवार समुदाय तथा गैरनेवार समुदायलाई पनि सहभागिताको लागि गुठीले आव्हान गरेको गुठीका महासचिव नगेन्द्र श्रेष्ठले भिजन संसारलाई बताएका छन्। पासा पुचः गुठी युकेको छातामुनी रहेर कुमार श्रेष्ठको अध्यक्षतामा सन् २००४ मा साउथ–इष्ट इकाईको स्थापना भएको थियो।
प्रकाशन मिति–२०७३ साल जेठ ३१ गते सोमवार ।