Pasa Pucha Uk New Commity
Pasa Pucha Uk New Commity

लण्डन। पासा पुच युकेको अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित बनेका छन्। लण्डनको वीलवीचमा शनिवार संपन्न भएको पासा पुचको अधिवेशनवाट सवै पदमा सर्वसम्मत भएको पासा पुच युकेले जनाएको छ।

ओजेश सिंह र जानकी कायस्थ उपाध्यक्ष तथा नगेन्द्र श्रेष्ठ महासचिवमा सर्वसम्मत बनेका छन्। त्यसैगरेर कोषाध्यक्षमा निर्जल श्रेष्ठ चयन भएका छन्। सदस्यहरुमा कपिल श्रेष्ठ, डा.सचेन्द्र तुलाधर, त्रिवेणी गुरुङ्ग, यादव श्रेष्ठ, सुदर्शन श्रेष्ठ, शिवजी श्रेष्ठ, परशुराम बदगामी, सुशील प्रजापति, देवेन्द्र श्रेष्ठ र चुत्रवहादुर श्रेष्ठ चुनिएका छन्।

पासा पुच गुठी युकेको स्थापना सन् २००० मा भएको हो।
प्रकाशन मिति–२०७३ साल पुष ३ गते आइतवार ।