काठमाडौं। राजधानीमा दोश्रो लिट्टिल पिकासो अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। चाँदबाग स्कुल सीबीएसई इकाईले आयोजनामा उक्त प्रतियोगिता संपन्न भएको हो।

काठमाडौं उपत्यकाका ३१ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा कक्षा ६ देखि ८ समुहबाट लिटिल एन्जेल्स स्कुलमा कक्षा ८ मा अध्ययनरत सुमना बज्राचार्य प्रथम बनेकी छन।

दोस्रो स्थानमा गुहेश्वरी वोर्डिंग हाई स्कुलका समीर लामा, तेस्रो स्थानमा रेडियन्ट पब्लिक वोर्डिंग स्कुलका निशा खत्री र सान्त्वना पुरस्कार गुहेश्वरीकै अनुष्का शाह र बुढानीलकण्ठ स्कुलका निष्ठा शाहले प्राप्त गरेका थिए ।

कक्षा ४ देखि ५ समुहबाट मल्पी सिटी स्कुलका पालिजा राजलवट प्रथम, बागमती वोर्डिंग स्कुलका सक्षम सुवेदी दोस्रो, मिल्स बेरी स्कुलका प्रजिना कायस्थ तेस्रो भएका थिए भने सान्त्वना पुरस्कार चाँदबागका विभाशा श्रेष्ठ र नेशनल युनाइटेड हाई स्कुलका रेगन गुरुङले प्राप्त गरेका थिए।

कक्षा १ देखि ३ समुहबाट चाँदबागका संस्कृति बुढाथोकी प्रथम, नितिन मेमोरी स्कुलका रायन बहादुर मगर दोस्रो, एक्सेलसिएर स्कुलका उपासना धमला तेस्रो भएका थिए भने सान्त्वना पुरस्कार एक्सेलसिएरका आकृति थापा र निर्भाना एकेडमीका क्वीनसांग गुरुंगले प्राप्त गरेका थिए।

त्यसैगरी प्रिस्कुल समुहबाट वन्डर एर्स मन्टेश्वरी स्कुलका सुमन बस्न्यात प्रथम, निर्भानाका डोल्मा छिरिंग गुरुंङ दोस्रो, निसर्ग वाटिकाका देवासिस गिरी तेस्रो भएका थिए भने सान्त्वना पुरस्कार ट्रुंग्राम इन्टरनेशनल स्कुलका आकांक्षा गुरुंङ र रुपीज इन्टरनेशनल स्कुलका ह्युं देवले प्राप्त गरेका थिए।

प्रकाशन मिति–२०७५ साल माघ २९ गते मंगलवार ।