Hope Progm 2काठमाडौ। आफ्नो कलेजो दान दिई पिताको जीवन रक्षा गर्ने काठमाडौकी सरिता महर्जनको सहयोगार्थ नेपाःडान्स एकेडेमीको आयोजनामा होप नामक भव्य सांगितिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुका विविध प्रस्तुतिले कार्यक्रमको रौनकमय बनेको थियो।

गायक कमल के.क्षेत्री, गायिका तुनाबेल थापा, बि–एट ब्यान्डको साथै नेपाल आइडल कार्यक्रमबाट चर्चित बनेकी गायिका केन्जल मेहेर श्रेष्ठले पनि आफ्नो सांगितिक प्रस्तुति दिएका थिए। पिताको कलेजो प्रत्यारोपणसँगसँगै आफ्नै समेत उपचार र मृगौला रोगले पिडित आफ्नी आमाको डाइलोसिस गराउँदैमा आर्थिक समस्या भोगिरहेकि सरिताको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण कलाकारले योगदान दिएका थिए।

Hope Progm 3

सरिताको सहयोगको लागि सम्पूर्ण कलाकारले विना कुनै पारिश्रमिक कार्यक्रममा उपस्थित भएर आफ्नो प्रस्तुति दिएका थिए । यसको साथै सामाजिक उद्देश्यले आयोजित यस कार्यक्रमको लागि क्लब डेजाभुले स्थान र नेपाः म्यूजिकले ध्वनि उपकरण (साउन्ड सिष्टम) पनि निःशुल्क उपलब्ध गराएको कार्यक्रम संयोजक रीना महर्जनले भनेकी छन्र कार्यक्रमको टिकट विक्री लगायत विज्ञापन आदिबाट संलकन हुने पूरै रकम सरिता महर्जनलाई हस्तान्तरण गरिने कार्यक्रम व्यवस्थापक गम्भीरमान सिंहले बताए।

आयोजक नेपाः डान्स एकेडेमीका अध्यक्ष रोहिया महर्जनले समाजमा आइपर्ने विभिन्न समस्यामा कलाकारहरु एक भएर अगाडि बढेमा समाधानमा पुग्न सकिने सन्देस यस कार्यक्रमबाट आफुहरुले दिन खोजेको भनेकी छन्। कार्यक्रममा सरिता महर्जनको उपस्थितिले सवैलाई भावुक पनि बनाइदिएको थियो।

Hope Progm 1प्रकाशन–२०७४ साल भाद्र ४ गते आइतवार ।