धनगढी। सुदुर पश्चिम नेपालको धनगढी कैलालीमा ख्यातिप्राप्त हांस्य अभिनेता गोपाल ढकाल छन्दे अवार्डेट बनेका छन्। पिस नेपाल फिल्म फेस्टिभलमा हांस्य अभिनेता छन्दे सर्वोत्कृष्ट हांस्य–अभिनेता अवार्डवाट अवार्डेट बनेका हुन्।

पावर इन्टरनेशनल मिडिया नेपालव्दारा आयोजित कार्यक्रममा हांस्य–अभिनेता छन्देले नेपाली कथानक चलचित्र लभ यु हमेशावाट उक्त अवार्ड प्राप्त गरेका हुन्।

शनिवार आयोजित भव्य तथा सभ्य कार्यक्रममा हांस्य अभिनेता छन्देलाई हांस्य सम्राज्ञी बसुन्धरा भुसाल, संगीतका बादशाह शंभुजीत बांस्कोटा लगायतले भारी सभामा अवार्ड प्रदान गरिएको छ।

जसवाट आफू अत्यन्त गौरवान्दित बनेको र यसले नेपाली फिल्मी अभिनय क्षेत्रमा अझ अगाडि बढ्ने प्रेरणा मिलेको छन्देले भिजन संसार डटकमलाई भनेका छन्।


प्रकाशन मिति–२०७६ साल माघ ११ गते शनिवार ।