Bhukampa tarangaकाठमाडौ। नेपालमा नेपालीहरुको लागि वितेर जान लागेको बर्ष २०७२ पीडादायक तथा संझना गर्न लायक बर्षको रुपमा सावित भएको छ। बर्षको शुरुवातमै बैशाख १२ गते चिताउंदै नचिताएको महाभूकम्पले तहस–नहस नै गर्यो ।

जसोतसो महाभूकम्पको डरलाग्दो पीडा तथा आठ हजारभन्दा बढी आफन्तहरुको ज्यान लिएर गएको महाभूकम्पले अठार हजारभन्दा बढीको अंगभंग गरिदिएको छ। संझ्दापनि कहालिलाग्दो महाभूकम्प र तिनको पराकम्पले बारम्बार तर्साएको बर्षको रुपमा २०७२ अवधिभर नै भैरह्यो। यसवाट ८० लाख जनसंख्या प्रभावित भयो। ७ सय ६ अर्ब रुपैया बराबरको भौतिक क्षति भएको राष्ट्रिय योजना आयोगले प्रकाशित प्रतिवेदनमा उल्लेख रहेको छ।

Nepal ko Sambidhan

लामो समयदेखि अपेक्षा गरिएको नेपालको संविधान असोज ३ गते घोषणा हुनुलाई सफलताको रुपमा लिइनु पर्छ। संविधान घोषणा भएकै पर्सिपल्टवाट भारतले अघोषित रुपमा गरेको नाकाबन्दी महाभूकम्प जतिकै पीडादायक भयो।

Nepalese People 1

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा भारतले नाकाबन्दी भएको केपी शर्मा ओलीको सरकार बनेपछि अझ कडाई नै भयो। पाँच महिना लामो नाकाबन्दी भएतापनि त्यसको असर नेपाली जनताले लामो समय भोग्नु पर्यो। यस्तो नियति नयाँ बर्ष २०७३ सालमा कसैले पनि भोग्न नपरोस्। यही कामना सहित भिजन संसारका संपूर्ण शुभेच्छुक पाठक, दर्शक तथा विज्ञापनदाताहरुलाई भिजन संसार डटकम प्रा.लि.ले शुभकामना व्यक्त गरेको छ।

New Year's Greetings

प्रकाशन मिति–२०७२ साल चैत्र ३० गते मंगलवार ।