Mahima Silwal in Romance with Pushkar Regmi
Mahima Silwal in Romance with Pushkar Regmi

काठमाडौ। नेपाली चलचित्र उद्योगमा लामो समयदेखि नेपाली चलचित्रको निर्माण नियन्त्रकको रुपमा कार्यरत सूर्य बुढाथोकीको निर्माणमा नयाँ चलचित्र ब्वाइफ्रेण्ड बन्ने भएको छ। विहीवार काठमाडौको रातोपुल स्थित रक्स रेष्टुरेन्टमा आयोजित समारोह वीच बुढाथोकीको निर्माणको चलचित्र ब्वाइफ्रेण्डको विधिवत रुपमा शुभमुहुर्त भएको छ।

Sanu Kaji Shrestha, Madan Ghimire With Boy Friend Producer Surya Budhathoki
Sanu Kaji Shrestha, Madan Ghimire With Boy Friend Producer Surya Budhathoki

दर्जनौ दर्जन चलचित्रमा निर्माण नियन्त्रक बनेर काम गरेको त्यो पौरखी अनुभवलाई चलचित्र ब्वाइफ्रेण्डमा खन्याउने शुभमुहुर्त समारोहमा निर्माता बुढाथोकीले प्रतिवद्धता व्यक्त गरेका छन्। यसअघि ६ बर्षअघि चलचित्र दुश्मनी निर्माण गरेर प्रदर्शन गर्न पनि सफल निर्माता बुढाथोकीको निर्माणको दोश्रो चलचित्र ब्वाइफ्रेण्ड बन्न पुगेको छ। जसको निर्देशन चर्चित निर्देशक मदन घिमिरेले गर्ने भएका छन्।

Vetran Actor Saroj Khanal with his fans
Vetran Actor Saroj Khanal with his fans

काठमाडौ लगायत चितवनको सौराहामा पनि केही दिनमा नै छायाँकन हुने भनिएको चलचित्र ब्वाइफ्रेन्डमा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी लगायतका कलाकारहरुको अभिनय रहने भएको छ। शुभमुहर्तमा महिमा सिल्वालले पुष्कर रेग्मीसँग रोमान्स गरेको सिन दिएकी थिइन्। चलचित्र ब्वाइफ्रेण्डको निर्माण सल्लाहकार पत्रकार सानुकाजी श्रेष्ठ रहेका छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर ९ गते विहीवार ।