pushpa-kamal-dahal-with-dr-baburam-bhattarai

काठमाडौ। १६ महिना अघि तत्कालिन एकिकृत माओवादीवाट अलग बनेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल वीच एकता हुने संभावन बढ्ेको छ।

सोमवार काठमाडौमा आयोजित माओवादीका स्वर्गिय सांसद भक्ति पाण्डेको चाचा नामक पुस्तक विमोचन समारोहमा डा.भट्टराई र दाहाल दुवैले आफूहरु वीच कुनै बैमनस्यता नभएको बताएका छन्। उनीहरुले आफूहरुलाई समयले एकै ठाउंमा ल्याउन बाँध्य गरेको पनि भनेका छन्।

प्रधानमन्त्री दाहालले माओवादीलाई बाबुराम र बाबुरामलाई माओवादी आवश्यकता रहेको भन्दै यसका लागि आफूले पछिल्लो समयमा हरेक दिनजसो डा.भट्टराईसँग छलफल गरिरहेको खुलासा गरेका छन्।

कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा.भट्टराईले विगतका उपलव्धि समाप्त पार्न विभिन्न समूह सक्रियरुपमा लागेको अवस्थामा माओवादी मिल्नुको अव विकल्प नभएको कुरामा जोड दिएका छन्।

प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै डा. भट्टराईले विगतको कार्यशैली र आधारवाट एकता असम्भव भएकोले नयाँ मिलनविन्दू खोन्जुपर्नेमा जोड दिएका छन्। वि.सं.२०७२ साल असोज ९ गते तत्कालिन एकिकृत माओवादीवाट अलग भएका डा.भट्टराईले नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेका हुन्।

डा.भट्टराई र दाहाल अलग भएपछि पहिलोपटक सोमवार सार्वजनिक कार्यक्रममा दुवैले एउटै मञ्चवाट त्यसरी बोलेका थिए।
प्रकाशन मिति–२०७३ साल पुष ११ गते सोमवार ।