काठमाडौं। यो पुस महिनाको अन्ततिर काठमाडौंमा चिसो व्हातै बढेको छ। त्यसमाटि काठमाडौं उपत्यकामा आज सोमवार हल्का वर्षा भएपछि अझ चिसो बढेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आएको बदलीको कारण काठमाडौंमा हल्का वर्षा भएको हो। काठमाडौंको तापक्रम ८ डिग्री रहेको र चन्द्रागिरी तथा मकवानपुरको दामनमा हिउँ परेको छ।

काठमाडौंको मौसममा बेलुकाबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले भनेको छ। पूर्व र मध्यपश्चिममा राती वर्षा हुने पनि महाशाखाले उल्लेख गरेको छ। उच्च हिमाली र मध्य पहाडी भुभागमा हिमपात भइरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल पुस २३ गते सोमवार ।