काठमाडौं। हल्ला र सल्लाहको नेपाली सिनेमाको बजारमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको प्रेमको हल्ला आएको छ। दुवैवीच हिजोआज व्यापक प्रेम–चक्कर चलेको हल्ला आएको हो।

नेपाली कथानक चलचित्र ‘रामकहानी’मा दुवै एकसाथ काम गरेपछि पूजा र आकाश चलचित्रको नायक तथा नायिकाको हैसियतले नजिकिएका पनि हुन्। यही नजिकपनले उनीहरुको वीच प्रेम भएको चर्चा चलेको हल्लाकारहरुको भनाई छ। हल्लाकारहरुको हल्लालाई पुट दिन पूजा र आकाशले आफूहरुको सम्बन्ध प्रेम भन्दा माथि रहेको परिभाषा दिन थालेको अनलाइन खवरको खबर रहेको छ।

पछिल्लो समय आकाश र पूजाको फ्यान क्रेजमा निक्कै बृद्धि भैरहेको छ। दुवै यसैमा रमाइरहेका छन्। आकाश र पूजा दर्शकको मायाले नै आफूहरु एकसाथ अगाडि बढ्रिहेको भन्न पनि चुक्दैनन्।

दुवैवीच यदि प्रेम भएको हो भने, भोलिका दिनमा विवाह पनि हुने नै छ। होइन भने, फिल्म चलाउन सल्लाहमा गरेको हल्ला पनि हुन सक्छ। त्यो त भोलिका दिनमा नै थाहा हुने छ। 


प्रकाशन मिति–२०७७ साल माघ ५ गते सोमावार ।