काठमाडौ। गायिका पूजा सुनुवार नेपालभाषी गायिका नभएतापनि गायक तथा नायक किशोर शाहीसंग नेपालभाषामा गीत गाएर चमत्कार गरेकी छन्।

गायिका भएपछि सवैभाषाका गीत गाउन सक्नु पर्दछ भन्ने अवधारणा राख्ने गायिका सुनुवारले किशोर शाहीसंग गाएको रोमान्टिक गीत तिमिला या जः थ्व नुगलय बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ।

 

Singer Pooja Sunuwar

बुधवार हेटौडाको कुलेखानीमा यस गीतको छायाँकन भएको जानकारी नेपालभाषाका प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक सुरेश खड्गीले दिएका छन्।

गायक किशोर शाही तथा रोजिना सुवालको अभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन बिनोद बज्रचार्यले गरेका छन्। सह–निर्देशन रविता महर्जनले गरेकी छन्। छायाँकन नेपालभाषाका ख्यातिप्राप्त छायाँकार शैलेश डंगोलले गरेका छन्। चाँडै नै यो गीतको भिडियो रिलिज हुने छायाँकार डंगोलले भनेका छन्।

प्रकाशन मिति–२०७४ साल मंसीर १ गते शुक्रबार ।