ललितपुर। पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवन पद्धति संवन्धी अन्तरराष्ट्रिय सम्मेलन भएको छ। ललितपुरको धोविघाटमा शुक्रवार यस सम्मेलनको आयोजना भएको हो।

नेपाल तथा जापानका पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको व्यापक सहभागिता रहेको सम्मेलनको आयोजना इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरले गरेको हो। सम्मेलनमा पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको सवालमा बहस तथा उनीहरुको समस्यालाई विश्व समक्ष उजागर गर्ने प्रयास भएको छ।

नेपालका पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको बर्तमान अवस्थाको बारेमा आयोजक इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरका महासचिव कृष्ण गौतमले सचित्र कार्यपत्र नै पेश गरिएको थियो। सोही सम्मेलनमा जापानका अपूर्ण तथा अति–अशक्त व्यक्तित्व तथा मेनास्टिम एशोसियसन जापानका प्रतिनिधि काचुया फुजीवाराको संघर्ष र यथार्थताको मन छुने भिडियो प्रस्तुत गरिएको थियो।

फुजीवारा स्वयम सम्मेलनमा उपस्थित भएर सम्मेलनको शोभा बढाउने कार्य पनि भएको छ। त्यसैगरेर, आम्दा जापानका प्रतिनिधि निसिमा नोजोमुको सहभागिता रहेको सम्मेलनको उदघाटन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापावाट भएको थियो। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको समेत विशेष सहभागिता रहेको सम्मेलनको सभापतित्व इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले गरेका थिए।


प्रकाशन मिति–२०७५ साल फागुन ३ गते शुक्रवार ।