काठमाडौं। शान्ता चौधरी नेपाल कम्युनिष्ट पाटी (नेकपा) को दाङवाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा संसदीय दलको सचेतक हुन्। यो भन्दा पहिला शान्ता चौधरीको परिचय पूर्वकमलरीका रुपमा चिनिने गरेकी छन्। पूर्वकमलरी चौधरी पहिलो संविधानसभाको समयमा संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति थिइन्।

१८ बर्ष कमलरी बसेकी दाङ लक्ष्मीपुरकी शान्ताले त्यो बेला पढ्न नपाएतापनि लामो संघर्ष र दुःख गरेर यो बर्ष बल्ला एसएलसी अर्थात एसइइ परीक्षा पास गरेकी छन्। हाल हिमालय कलेजमा कानून विषयमा उच्च–शिक्षा हासिल गरिरहेकी शान्ता पहिलो पल्ट संविधान सभा सदस्य बनेर संविधान सभा हलमा पुग्दा सेक्युरिटी गार्डले पनि हेप्ने गरेको र प्रायवाट अपहेलित जस्तो बनेको तितो पोख्ने शान्ता यसो हुनुमा आफू स्मार्ट नभएकै कारण भएको स्वीकार्छिन्। जव, प्रतिनिधि सभाको सदस्य बनेर संसदीय दलको सचेतक समेत बन्दा आफूले जीवनमा धेरै परिवर्तन गरेको शान्ताले अनुभव गरेकी छन्।

यस क्रममा ड्रेसअप देखि हरेक कुरामा स्मार्ट बनेर अगाडि बढ्दा आफूलाई सवैले सम्मान गर्न थालेको यथार्थता बताउने शान्ता सम्मान पाउन स्मार्ट बन्नु नै पर्ने जीवनको भोगाईवाट थाहा पाएको खुलासा गर्न चुक्दिनन्। १८ वर्ष कमलरी बसेकी शान्ताले सांसद भएपछि औपचारिक अध्ययन शुरु गरेकी थिइन्। शान्ताको ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक चर्चित छ।

आठ वर्षको उमेरमा कमलरी वनेकी शान्ताले कमलरी जिवनवाट मुक्त भएपछि जीवनका लागि कठिन संघर्षको वाटोमा हिड्न विवस बनेकी थिइन्। शान्ताले भूमिअधिकार आन्दोलनका माध्यमवाट नेपाली समाज र राजनीतिक क्षेत्रको ध्यान आफूतिर आकर्षित गर्न सफल बनेकी थिइन्। त्यसैक्रममा उनी तत्कालिन नेकपा (एमाले)को नजिक पुगिन्। पहिलो संविधान सभाको निर्वाचनमा एमालेको तर्फवाट सामानुपातिक तर्फको उम्मेदवार समेत वनिन्। अनि समानुपातिक तर्फवाट सभासद् हुदै प्राकृतिक श्रोत तथा साधन समितिको सभापति पनि वनिन्।

भूमि अधिकार आन्दोलनमा लाग्ने क्रममा मुस्किलले हस्ताक्षर सम्म गर्न जानेकी पढ्न नपाएको कारण कतिपयले उनलाई ल्याप्चे सभासद पनि भन्ने गरेका थिए। उनका लागि उक्त जिम्मेवारी कम्ति कठिन र चुनौतीपूर्ण थिएन। तर, उनले त्यसलाई चुनौती र अवसर दुवैका रुपमा स्विकारिन् । त्यसमा उनी नाटकीय जस्तै लाग्ने गरी सफल भइन् । जसले उनको व्यक्तित्व र आत्मविश्वासलाई एकसाथ वाहिर ल्याइदिएको छ।

कमलरी देखि सभासद्सम्मको उनको पुस्तकले उनलाई र नेपाली राजनीतिको सकारात्मक विम्वको रुपमा स्थापित गरिदिएको छ । त्यसवाट उनलाई अघि वढ्नका लागि नयाँ राजमार्ग तयार भएको छ । हिजो अविश्वासवाट शुरु भएको उनको यात्रा अव अपेक्षा विश्वासको नयाँ चुनौतीका रुपमा खडा भएको तर्क ५ नंबर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको छ। मुख्य मन्त्री पोखरेलले शान्ताको जीवन–संघर्षको कथा पढ्दा जो कोहीका लागि पनि प्रेरणाको विषय वन्न सक्छ भन्ने जिकिर रहेको छ।

उनै शान्ता चौधरी कमलरीदेखि सभासद्सम्म नामक किताव लेख्ने प्रेरणा झमक कुमारीको जीवन काँडा कि फूल किताववाट प्रेरित बनेर लेखेको शान्ताको भनाई रहेको छ। शान्ताले झमक अशक्त अवस्थामा रहेर त यति राम्रोसंग आफ्ना व्यथा उतार्न सक्छिन् भने आफूले पनि केही गर्नु पर्छ भन्ने लागेर नै कितावमा उतारेको बताएकी छन्।

शान्ताको आमा जमिन्दारहरुले खाएको जुठो भाँडा माझ्न खोलामा जाने क्रममा आफूपनि पछि लागेर जाने गरेको र आमालाई सघाउने गरेको पनि बताएकी छन अनि जमिन्दारको घरमा पुगेपछि घरका भित्तामा जे मनमा आयो त्यही कोरिदिने गरेको यथार्थतावाट नै सिकाइ शुरु भएको बताउने उनी पिडा र छट्पटीवाटै जिन्दगीमा नविनता ल्याउन सफलता पाएको बताएकी छन्।

(नामी साप्ताहिकको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल पुस ११ गते शुक्रवार ।