Ex-minister Ghimire goes missing as car plunges into Trishuli River
Ex-minister Ghimire goes missing as car plunges into Trishuli River

काठमाडौ। नेपालमा खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष भएको बेलामा गृहमन्त्री बनेका माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नंवरको कार त्रिशुली नदीमा खसेको छ।

चितवन मुग्लिङ्ग प्रहरीका अनुसार घिमिरेका कार चालक विष्णु राईको जीवितै उद्धार गरिएको छ। घिमिरेको आमा चैतन्यकुमारी, प्रहरी सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको मृत्यु भएको छ। कारमा सवार घिमिरे सहित घिमिरेका भाइहरु मोहन र प्रकाश बेपत्ता भैरहेको छ। उनीहरुको खोजी कार्य जारी भएको प्रहरीले भनेको छ।

मुस्ताङ्गको मुक्तिनाथ दर्शन गरेर काठमाडौ फर्केको उक्त कार दमौली पुगेपछि घिमिरेले हाँकेका थिए। मनकामना केवुल कारसम्म चलाउंछु र त्यसपछि कार चालक विष्णु राईलाई चलाउन दिने भनेर घिमिरेले चलाएको जीवित उद्धार गरिएका कार चालक राईले प्रहरीलाई दिएको बयानमा उल्लेख छ। राईको भरतपुर अस्पतालमा उपचार भैरहेको छ।
प्रकाशन मिति–२०७३ साल असोज ९ गते आइतवार ।