USha with GP marriage aniversarry 2USha with GP marriage aniversarry 3USha with GP marriage aniversarry 4USha with GP marriage aniversarry 1काठमाडौ। पूर्वमिस नेपाल उषा खड्गी र संचारकर्मी जीपी तिमिल्सिनाको विवाहको चौधौ बर्षगांठ आइतवार पूरा भएको छ।

यस अवसरमा उषा र जीपी दम्पत्तिले विवाह उत्सव काठमाडौको गोकर्ण स्थित स्वस्थ समाज नेपालमा आवद्ध रहेका बौद्धिक अपाङ्गता भएका र अनाथ बालकहरुसंग रमाएर मनाएका छन्।

कुनै तामझाम तथा औपचारिक कार्यक्रम नगरिकन सामान्य ढंगवाट ती बालकमाझ विवाहको केक काटेर उषा र जीपीले एक–आपसमा खुशी बाँडेर बालकहरुलाई उपहार केक तथा चक्लेट उपहार प्रदान गरेका थिए। ती बालकहरुलाई आवश्यक गर्मीको लागि चाहिने झूल तथा समर ब्ल्याङ्गकेट लगायतका सामग्री स्वस्थ समाज नेपालकी अध्यक्ष सीता श्रेष्ठलाई हस्तान्तरण गर्ने कार्य पनि उषा र जीपीवाट भयो।

USha with GP marriage aniversarry 5

सोही अवसरमा अग्रज फोटोपत्रकार कविन्द्रमान शाक्यले विवाहको चौधौ बर्षगांठ पूरा गरेका उषा र जीपीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उपहार प्रदान गरेका थिए। शाक्यको काठमाडौ क्रेज डटकमले प्रकाशित गरेको नयाँ बर्ष २०७३ सालको ग्ल्यामर क्यालेण्डर पनि चिनोको रुपमा दुवैलाई प्रदान गर्ने कार्य शाक्यवाट भएको थियो।

Usha GP marriage celebration with smrit

विवाहको बर्षगांठ अर्थात म्यारिज एनिवर्सरी सामाजिक कार्य गरेर मनाउने क्रममा स्वस्थ समाज नेपालमा आएर मनाउन पाउंदा अत्यन्त आनन्द महशुश भएको पूर्वमिस नेपाल उषा खड्गीले भनेकी छन्। उनले आफूहरुको विवाह भएको हिजोजस्तो लागेतापनि चौध बर्ष पूरा भएर पन्ध्र बर्षमा थाहै नभैकन लागिसकेको भन्दैगर्दा जीपीले थपिहाले–“यो हाम्रो बैबाहिक जीवनको अनुपम दिन हो। यसदिनलाई हामी कहिले पनि भुल्ने छैनौ। उषा मेरो जिन्दगी हो र मेरो सवथोक हो।”

जीपीले यसोभन्दा उषा निक्कै हर्षित बनेकी थिइन्। अर्को जुनी पाएमा तपाईहरु श्रीमान–श्रीमती नै बन्ने हो कि भन्ने भिजन संसारको प्रश्नमा दुवै निक्कैबेर हाँसे। जवाफमा दुवैले अव अर्को जुनी चाहिदैन । यही जुनी नै हाम्रो लागि सात जुनी हो भनेर जिकिर गरिरहे।

Usha Khadgi 1दुवै आफूहरु हाल सातौ जुनीमा रहेको र विगत सात जुनीदेखि एकसाथ भएको समेत दावी प्रस्तुत गरे।

अनि दुवैले आइ लव यु हनी भनेर प्रेम दर्शाइरहदा स्वस्थ समाज नेपालका बालकहरुले गडगडाहटका साथमा ताली बजाएर उनीहरुलाई समर्थन जनाए।

यस पललाई जीवनभर नभुल्ने दुवैले बाँचा पनि गरे र स्वस्थ समाज नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

प्रकाशन मिति–२०७३ साल बैशाख २६ गते आइतवार ।

Photo-Kabindra Man Shakya/KathmanduCraze.com