priyanka-kiss-malvia-stomachकाठमाडौ। कुनैबेलाकी बहुचर्चित पूर्वमिस नेपाल माल्भिका सुव्वा आउने नयाँ बर्ष २०७३ सालको बैशाख महिनाको १७ गते आमा बन्ने पक्का–पक्की भएको खुलासा गरेकी छन्।

चलचित्र हाउ फन्नीको निर्मात्री समेत रहेकी सुव्वाले चलचित्र हाउ फन्नीको ट्रेलर र दुई गीतको शनिवार आयोजित समारोहमा उक्त कुराको खुलासा गरेकी छन्। सुव्वा निर्मित चलचित्र हाउ फन्नी बैशाख १० गतेवाट अलनेपाल रिलिज हुने र त्यसको एकहप्ता पश्चात आफ्नो पेटवाट सन्तान रिलिज हुने कुरा भनेर उपस्थित सवैलाई हसाउने कार्य सुव्वावाट भएको थियो। सुव्वाले त्यसो भनेपछि सुव्वाको चलचित्र हाउ फन्नीकी नायिका प्रियंका कार्कीले सवैको अगाडि माल्भिकाको पेटलाई चुमेकी थिइन्।

Malvika Subba in Jenisha Moktan's marriage

निलु डोमा शेर्पाले निर्देशन गरेको चलचित्र हाउ फन्नीमा दयाहाङ्ग राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ। यसअघि पूर्वमिस नेपाल सुव्वा गर्भवती पेट बोकेरै अर्की पूर्वमिस नेपाल जेनिशा मोक्तानको विवाहमा सरिक भएर जेनिशा र उनको श्रीमानलाई विवाहको बधाई तथा शुभकामना दिन पुगेकी थिइन्।

Malvika Subba in Jenisha Moktan's marriage.1

प्रकाशन मिति–२०७२ साल फागुन १५ गते शनिवार ।