Malvika Subba preganancy 1

काठमाडौ। पूर्वमिस नेपाल माल्विका सुव्वा चाँडै आमा बन्ने भएकी छन्। पाँच बर्षअघि व्यापारिक घरानियाका रियाज श्रेष्ठसंग अन्तरजातिय प्रेम विवाह गरेकी पूर्वमिस नेपाल सुव्वा पाँच महिनाको गर्भवती भएको खुलासा उनी आफैले सामाजिक सन्जाल फेसवुकवाट सार्वजनिक गरेकी छन्।

Malvika Subba

अवको तीनमहिना भित्र आमा बन्न गैरहेकी यस अवस्थामा आमा बन्नुको गौरब र सुखानुभुति सवैलाई शेअर गर्ने कार्यमा तल्लिन बनेकी छन्। सुव्वाको खुशीमा अठार हजारभन्दा बढीले साथ दिइसकेको छ।

सुव्वालाई धेरैले मन पराएको र उनी आमा बन्न लागेकोमा खुशी व्यक्त गर्नेहरु पनि हजारौ देखिएको छ। सन् २००२ सालमा नेपालमा माओवादी जनयुद्धको क्लाइमेक्सको बेलामा मिस नेपाल बनेकी उनी मिस वल्र्डमा भाग लिन जान नपाएकी एक मात्र मिस नेपाल हुन्।

माओवादीको अवरोधको कारण मिस नेपाल हुन नै ढिला भएपछि मिस वल्र्डमा जाने समय नै गुज्रिसकेकोले उनले मिस वल्र्डमा भाग लिन नपाएकी हुन्। आमसंचार र पत्रकारिता विषयमा त्रिभुवन विश्वविद्यालयवाट एम.ए.को डिग्री होल्डर उनको विभिन्न संचार मिडियामा पनि आवद्धता रहेको पाइएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ३० गते विहीवार ।