Parash Shah 1काठमाडौ। पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निकाको छोरा युनिभर्सले बाउ खोजिगरेका छन्। अक्सर आफ्नी आमा कन्निकासंग थाइल्याण्डमा पारस नै हुनेभएकोले कन्निका पुत्रले पारसलाई नै बाउ संझेका छन्।

कन्निकासंग आफ्नो बाउ पारसको देश नेपालमा किन नजाने भन्ने प्रश्न गरेर हैरान बनाउन थालेको कन्निकाले आफ्नो फेसवुकमा उल्लेख गरेकी छन्। कन्निकाले छोरो युनिभर्स ३ महिनाको हुंदा नै श्रीमान छाडेकोले उनको बास्तविक बाउलाई नचिनेको र जान्ने–बुझ्ने भैसक्दा उनले बाउको रुपमा पारसलाई पाएको हुंदा त्यसप्रकारको भ्रम सिर्जना भएको पनि कन्निकाले उल्लेख गरेकी छन्।

Parash GF Kannika.1

नेपालमा रहेका पारसलाई नै आफ्नो बाउ संझिरहेका कन्निका पुत्रले यदि पारसलाई बाउ मानेर नेपाल आएमा पारसलाई फेरि तनाब हुने भएको छ। कन्निका भने छोरो युनिभर्सलाई पारस तिम्रो बाउ होइन भनेर कसरी संझाउने भन्ने सोचमा रहेकी छन्। थाइल्याण्डमा हरपल हरक्षण पारस आफूसंगै रहने गरेकोले पनि छोरोलाई होइन भन्दा पनि पत्याउने अवस्था नरहेको उनले भनेकी छन्।
प्रकाशन मिति–२०७२ साल माघ २१ गते विहीवार ।