Himani Shah in Dakshinkali Temple
Himani Shah in Dakshinkali Temple

काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाह हिजोआज पूजापाठ तथा मठ–मन्दिरको दर्शनमा व्यस्त बन्न थालेकी छन्। शाह संरक्षक रहेको हिमानी ट्रष्ट मार्फत विभिन्न सामाजिक कार्य पनि गर्दैआएकी हिमानी शाह पूजापाट तथा मठ–मन्दिरको दर्शनवाट आत्मिक आनन्द प्राप्तिमा लागेकी छन्।

पूर्वयुवराज पारस शाहसंगको खटपट तथा असमझदारी पछि निक्कै नै अशान्त बन्दैआएकी हिमानी आत्मिक शान्तिको लागि पूजापाठ तथा मठ–मन्दिरको दर्शनमा प्राय जाने गर्छिन्।

यसै क्रममा हिमानी शाहले सोमवार विहान दक्षिणकाली मन्दिर र त्यहाँ नजिकै रहेको गोपालेश्वर महादेवको शेषनारायण मन्दिरमा पूजाआजा तथा पूजारीवाट टीका–प्रसाद ग्रहण गर्ने कार्य गरेकी छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ६ गते सोमवार ।