काठमाडौं। सोमवार ललितपुरका मठ–मन्दिरमा पूजाआजा गरेको लगतै हर्ट–अटेक भएपछि काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ।

अस्पतालका अनुसार पारसको अवस्था खतरामुक्त हुन सकिरहेको छैन्। अस्पतालले गरेको परीक्षणमा पारसलाई कडा हर्टअटेक भएको पाइएको थियो।

अस्पतालका मुटुरोग विशेषज्ञ डा.यादवदेव भट्ट नेतृत्वको चिकित्सकको टोलीले पारसको मुटुको शल्यक्रिया गरेको थियो। अस्पतालले पारसको मुटुको धमनी पूर्णरुपमा बन्द भएकाले कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपणको काम सफलतापूर्वक गरी सीसीयुमा राखिएको जनाएको छ।
पारसको उपचारमा डा. भट्टसहित डा.जेपी जैसवाल, डा.नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा.प्रज्वल श्रेष्ठको टोली संलग्न छ।

पारसलाई तेस्रो पटक हर्टअटेक भएको हो। यसअघि पनि पारसको मुटुको नलीमा स्टेन्ट राखिएको थियो।
प्रकाशन मिति–२०७५ साल माघ १५ गते मंगलवार ।