काठमाडौं। नेपालका पूर्वयुवराज पारस शाहले हेल्मेट नलाइकन विन्दासले मोटरसाइकल चलाउंदा ट्राफिक जाम नै हुन पुगेको छ। शुक्रवार राति करिब ७.३० बजेतिर काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा पूर्वयुवराज पारस शाहले विना हेल्मेट नलाइकन मोटरसाइकल चलाउंदा ट्राफिक जाम भएको हो।

विना हेल्मेट मोटरसाइकलमा सवार पूर्वयुवराज पारस शाहलाई नारायण गोपाल चोक ट्राफिक प्रहरीले समातेपछि केही बेर सडकमा ट्राफिक जाम नै भएपछि सर्वसाधारणको समेत व्यापक चासो बढ्ेको थियो। पूर्वयुवराज पारस शाहले नियम विपरित हेल्मेट नलाइकन मोटरसाइकल चलाएको विषयमा ट्राफिक प्रहरीले कारवाही गर्न खोज्दा पारस शाह आफै ट्राफिक प्रहरी माथि खनिएको सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा स्पष्ट देख्न सकिन्छ।

भिडियोमा देखिए अनुसार ट्राफिक नियम मिचेका पारस शाहले उल्टै प्रहरीलाई थर्काइ रहेका छन् भने उनलाई समातेका प्रहरीले भने उच्च अधिकारीलाई रिपोर्ट गरिरहेका देखिन्छन् । त्यस्तै, केही समयपछि ती प्रहरीलाई माथीबाट ‘छोडनु’ भन्ने आदेश आएपछि पारस शाह फेरि बिना हेल्मेटनै मोटरसाइकलमा त्यहाँबाट जान्छन् ।


प्रकाशन मिति–२०७८ साल साउन १५ गते शुक्रवार ।