gyanendra-shah-addressed-1काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले सबै जनता मिलेर देशको स्वाभिमान बचाउँदै शान्ति र अमनचयन कायम गर्नुपर्ने बताएका छन्।

gyanendra-shah-addressed-2काठमाडौंको वनकालीमा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिराट हिन्दू महासम्मेलनको उद्घाटन गर्दै पूर्वराजा शाहले बाहिरी हस्तक्षेप र राजनीतिक हस्तक्षेपबाट जनता निराश बनेको र देशको परिस्थिति पनि बिग्रँदै गएको दाबी गरे।

धर्म र संस्कृतिको जर्गेना गरेमामात्र मुलुक ओजस्वी र तेजस्वी बन्नसक्ने भन्दै पूर्वराजाले राजनीतिक दलहरुका कारण देशमा बढ्दै गएको असन्तुलनको अवस्था जारी रहे देश विद्रोहमा जानसक्ने चेतावनीसमेत दिए।

gyanendra-shah-addressed-3सो अवसरमा जगतगुरु शंकराचार्यले नेपाललाई राजसंस्थासहितको हिन्दूराष्ट्र कायम गर्न सकेमामात्रै नेपालको सही पहिचान कायम हुने जिकिर गरे। महासम्मेलनमा नेपाल, भारत र विभिन्न देशका सन्त, महन्त, आश्रम प्रमुखहरु तथा हिन्दूवादीहरुको सहभागिता रहेको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ४ गते विहीवार ।