Gyanendra Shahकाठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको कारोवार दैनिकको खवरमा उल्लेख रहेको छ।

खवर अनुसार, आर्थिक वर्ष ०६२र६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए । आर्थिक वर्ष ०७३–७४ सम्ममा बगानले जग्गाको ३ करोड १५ लाख ६३ हजार ६ सय ७१ रुपैयाँ ६५ पैसा कर तिर्न बाँकी देखिएको उनले जानकारी दिए ।

अहिलेको चलनचल्तीको भाउ र बगानभित्र रहेका अन्य संरचनाको सबै कर लगाउँदा बगानले २५ करोडभन्दा बढी तिर्नुपर्ने अवस्था आउने स्रोतको भनाइ छ ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ३१ गते बुधवार ।