gyanendra-shah-addressed-1काठमाडौ। चुपचाप नागार्जुन जंगलको दरबारमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार मुख खोलेर विज्ञप्ति नै निकालेपछि त्यसको व्यापक चर्चा–परिचर्चा चल्न थालेको छ।

यस विषयमा नेपाल सरकारको मन्त्रीपरिषदको बैठकमा समेत व्यापक छलफल भएको समाचारस्रोतको दावी रहेको छ। बैठकमा यसवारेमा कुनै औपचारिक निर्णय नगरिएपनि पूर्वराजाको विज्ञप्तिप्रति अत्यन्त गंभीर भन्दै सचेत हुनुपर्नेमा जोड दिएका छन्।

गृहमन्त्री विमलेन्द्र निधिले पूर्वराजाको विज्ञप्तिको विषयमा कुरा उठाएपछि बैठकमा पूर्वराजा ज्ञानेन्द्रका गतिविधिमा निगरानी राख्नुपर्ने कुरामा सवै मन्त्रीहरुले जोड दिएका छन्।
प्रकाशन मिति–२०७३ साल पुष ८ गते शुक्रबार ।