काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले जनताप्रति उत्तरदायी हुन नेताहरुलाई आग्रह गरेका छन् । ६७औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार एक विज्ञप्ति जारी गरी शाहले देशको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै नेताहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन्।

Gyanendra Shah

शाहले मुलुकको मौलिक दर्शन, संस्कार र सभ्यताको संरक्षण गर्दै मर्यादित बनाउनु नै राष्ट्रको प्रतिष्ठा भएकोमा जोड दिएका छन्। ‘प्रजातन्त्र आधुनिक विश्वको राज्य व्यवस्थाको एक सुन्दर रुपमात्र नभइ मानवीय हक र हितको आधारस्तम्भ भएको’ भन्दै उनले ‘प्रजातन्त्रको पहिलो शर्त जनताप्रतिको उत्तरदायित्व’ हुने उल्लेख गरेका छन्।

‘नेपालमा अहिलेको अवस्था प्रजातन्त्र हो कि होइन रु’ भनी प्रश्न गर्दै उनले ‘नेपालीले पाइला–पाइलामा सुखानुभूति गर्नु नै प्रजातन्त्र हो’–भनेका छन्। शासन परिवर्तनीय भएपनि राष्ट्र सर्वोपरि हुने भएकोले हामीले आफ्नै आस्था–विश्वासको राजनीति जगलाई अंगाल्नुपर्नेमा पनि पूर्वराजा शाहले जोड दिएका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन ६ गते शुक्रवार ।