hridayendra-at-maruकाठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको बिहीबार राजधानीमा ब्रतवन्ध सम्पन्न भएको छ।

१५ वर्षका हृदयेन्द्रको बिहीबार दिउँसो १ः१५ बजेको शुभसाइतमा निर्मल निवास महाराजगजमा ब्रतवन्ध भएको हो। ब्रतवन्धपछि हृदयेन्द्रलाई हनुमानढोका दरबार क्षेत्रमा रहेको मरुगणेशमा लगेर दर्शन र पूजाआजा गराइएको थियो।

मरुगणेश राजपरिवारको इस्ट देव भएकाले ब्रतवन्धपछि मरुगणेशको दर्शन गराउने परम्परा रहिआएको छ। हृदयेन्द्र पूर्वयुवराज पारस तथा पूर्वयुवराज्ञी हिमानी शाहका छोरा हुन्।

hridayendra-at-maru-ganesh-sthanप्रकाशन मिति–२०७३ साल चैत्र १७ गते विहीवार ।