काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाह सहित पोखरा पुगेका छन्। सोमवार काठमाडौंवाट बुद्ध एअरको फ्लाइटवाट पोखरा पुगेका हुन्। राजपरिवार समाचार श्रोतका अनुसार पूर्वराजा परिवार अंग्रेजी नयाँ बर्ष २०१९ मनाउने क्रममा दुईहप्ताको लागि पोखरा गएका हुन्।

 

पूर्वराजा दम्पत्तिलाई पोखरा विमानस्थलमा २१ किलोको माला लगाएर स्वागत गरिएको थियो। राजपरिवारको समर्थक रहेकाहरुले स्वागत समारोह बनाएर विमानस्थल बाहिर शाह परिवारको स्वागत गरेका थिए।

नागरिक न्यूजका अनुसार, राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकले फूलमाला र पञ्चेबाजाले शाह दम्पत्तिको स्वागत गरेका थिए। शाह दम्पत्तिको स्वागतमा विमानस्थल क्षेत्र खचाखच भरिएको थियो।

विमानस्थल भित्र र बाहिरको सडकमा भीड बढेपछि व्यवस्थापनमा पनि समस्या परेको थियो। विमानस्थलबाट बाहिरएका शाह केही दुरीसम्म पैदल हिँडेर शुभचिन्तकसँग भेटघाट गरेका थिए। राष्ट्रिय झन्डा बोकेका समर्थकको भीडले पोखराको विमानस्थलबाहिर देखि बिरौटासम्म भीड लागेको थियो।
प्रकाशन मिति–२०७५ साल पुष २ गते सोमवार ।