Rambaran Yadav with his Anitaकाठमाडौ। नेपाल सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई उपलव्ध गराएको ललितपुरको बागडोल स्थित घरको बहाल हालसम्म उपलव्ध नगराएको खुलासा भएको छ।

पूर्वराष्ट्रपति डा.यादवलाई नेपाल सरकारले उपलव्ध गराएको घरको विगत सात महिना देखिको घरबहाल नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले आइतवार ललितपुर जिल्ला अदालतमा नेपाल सरकारलाई विपक्ष बनाएर मुद्दा दायर गरेको अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ।

मासिक १ लाख ३० हजारको दरले घरबहालमा दिएतापनि नेपाल सरकारले त्यसको भुक्तानी नदिएको व्यहोरा सहित घरधनी विष्टले मुद्दा दायर गरेका हुन्। घरधनी विष्टले घरबहाल बापतको रकम उपलव्ध गराइदिन पटक–पटक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा निवेदन दिदा समेत सुनुवाई नभएपछि अदालत गुहार्न आफू बाँध्य भएको बताएका छन्।

घरबहाल, विजुली तथा पानीको समेत गरेर १० लाख २४ हजार ८ सय १० रुपैया असुल उपर गर्न बाँकी रहेको पनि घरधनी विष्टले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार