Rambaran Yadav with his Anitaकाठमाडौ। पूर्वराष्ट्रपति डा.रामवरण यादवले विगतका दिनमा आफूले दिएको सल्लाहलाई राजनीतिक दलहरुले बेवास्ता गरेकै कारणले मधेस र पहाड वीचको दूरी बढेको जिकिर गरेका छन्।

काठमाडौमा मंगलवार तेज–तिर्थ ट्रस्टको उदघाटनको क्रममा बोल्दै डा.यादवले सवै दलहरुलाई सहमतिमा लिएर केही सातामात्र ढिलो गरेको भए अवश्य पनि मुलुकले हालको अवस्था भोग्नुनपर्ने दावी पनि गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका काठमाडौका नेता तीर्थराम डंगोल र डंगोलकी पत्नी तेजकुमारी डंगोलको नाममा स्थापना भएको १ करोड रुपैया राशीको अक्षय कोषसहितको तेज–तिर्थ ट्रष्टको डा.यादवले गरेका हुन्।

कोषले हरेक बर्ष साहित्य र पत्रकारितामा योगदान दिने चारजनालाई जनही नगद ५० हजारको पुरस्कार दिने निर्णय पनि ट्रष्टले गरेको छ। यो बर्ष सुवर्णकेशरी चित्रकार र तिलकप्रकाश कायस्थलाई जनही नगद ५० हजारको पुरस्कार डा.यादवले प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।