काठमाडौं। नेपाल प्रहरीका पूर्वहवल्दार सुन कुमार अवालको हिजोआजको दिनचर्या होटल व्यवसाय नै बन्ने गरेको छ। विहान ४ बजे नै उठेर नियमित योगा गर्नु र विहान ६ बजेसम्म अवाल खाजाघर होटलका लागि चिया–चमेना तयार गर्नु अनि दिनभरजस्तो अवाल खाजाघरमा व्यस्त हुनु नियमितता बनेको छ।

नेपाल प्रहरीमा रहदा जस्तो इमान्दारितापूर्वक कर्तव्यपालन गर्दै सवैलाई खुशी बनाउंदैआएका पूर्वहवल्दार मरेर लानु केही छैन भन्छन्। बाँचुञ्जेलीलाई नै हो भन्ने गर्छन्। त्यसैले गर्दा सवैलाई खुशी बनाउने र आफूपनि खुशी बन्ने एकमात्र आफ्नो सोच र विचार रहेको बताउने पूर्वहवल्दार अवालको होटलमा चिया तथा खाजा खान आउनेहरु पनि दंगै पर्ने गरेको छ।

होटल चलाउन विशेषत अवालको जीवन संगीनी तरीमैचाको धेरै नै हात रहेको छ। तरीमैचा विभिन्न खाजा तथा खाना पकाउन सिपालु बन्नुको साथमा भक्तपुरे जुजु दही बनाउन सिपालु पनि रहेको कारण कोटश्वर निखिलेश्वर मन्दिर परिसरको अवाल खाजाघरमा दही किन्न आउने गरेको भीड नै लाग्ने गरेको छ। अर्कोतर्फ तिहारमा बनाइने लोभलाग्दो सेलरोटी तथा मालपुवा खान आउनेहरुको पनि निक्कै पाइएको छ।

एकातिर खाजाघरको व्यवसाय अर्कोतिर सहुलियत दरमा पानीको व्यापार समेत अवालले गर्दैआएका छन्। फुर्सदको बेलामा भने, मेकअप आर्टिष्ट भएकोले पूर्वहवल्दार अवाल मेकअप गर्न यदाकदा फिल्मलाइनतिर लाग्ने गरेका छन्। यसरी नै जिन्दगी विताइदिन्छु भनेर रमाइलो कुरा गर्ने अवालको जिन्दगीको लक्ष्य तथा उदेश्य नै सवैको खुशी र सुख हो। त्यसैको लागि अवाल रमाएर दुई दिने जिन्दगी विताइरहेका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ ४ गते शनिवार ।