काठमाडौं। वर्तमान आधुनिक शिक्षा पद्धतिमा पौराणिक गुरुकुल शिक्षाको पनि महत्व र आवश्यकता महशुश गरिएको छ। गुरुकुल शिक्षाले नैतिकवान तथा क्षमतावान समाजको निर्माण गर्ने र गराउने गर्दछ। गुरुकुल शिक्षाले समतावान विद्यार्थीहरु तयार पार्ने मात्र नभइकन धार्मिकतालाई पनि टेवा दिने गर्ने गरेको छ।

यसकारण गुरुकुल शिक्षाको विकास रामायण–महाभारत कालदेखि वर्तमान युगसम्म पनि त्यति नै खाँचो र आवश्यक छ। यो खाँचो र आवश्यकतालाई महशुश गरेर पूर्वीनेपालको झापामा गुरुकुल शिक्षाको विकास भएको छ। झापाको मेची नगरपालिका वडा नंबर १ सिद्धेश्वर महादेव मन्दिर प्रांगण स्थित श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुलमा बालबालिकाहरुलाई गुरुकुलको शिक्षा निःशुल्क दिने कार्य भैरहेको जानकारी सोही गुरुकुलका आचार्य विशालकृष्ण बाँस्तोलाले भिजन संसार डटकमलाई वताएका छन्।

जहाँ विविध कारणवाट शिक्षा पाउन नसकेका र शिक्षावाट बञ्चित बालबालिकाका लागि उचित शिक्षाको दिएर संस्कारित गर्ने कार्य हुंदैआएको आचार्य विशालकृष्णको भनाई छ। बालबालिकामा समाज र राष्ट्रका निम्ती जिम्मेवार ब्यक्तित्व विकाश गर्ने कार्यमा आफूहरु क्रियाशील भएको पनि आचार्य विशालकृष्णले भनेका छन्। उचित शिक्षा पाउनबाट वन्चित समाजका अति आवश्यक बालबालिकाका गुरुकुलीय पद्धति अनुरूपको खाना,बस्न, लाउन र शिक्षाको निःशुल्क व्यवस्था गरिएको जानकारी पनि आचार्य विशालकृष्णले दिएका छन्।

तपाईको एउटा सानो सहयोगले कसैले जीवनमा नयाँ ऊर्जा र नयाँ मार्ग पाउन सक्छ र जीवनमा एउटा नयाँ आयाम पाउन सक्छ भन्ने उक्त गुरुकुलको अवधारणा रहेको छ। गुरुकुलको प्रमुख संरक्षक स्वामी आनन्द सागर महाराज र संरक्षक शहिद परिवारका श्रीरामहरी थापा रहेका छन्। व्यवस्थापन समितिको अध्यक्ष महेन्द्र मल्ल सहितको ११ जनाको समिति रहेको छ।

गुरुकुलमा जात र धर्म केही नहेरी शिक्षा पाउन बाट वञ्चित ८ वर्ष देखी १४ वर्षसम्मका बालबालिकाहरुलाई गुरुकुलको नियम अनुसार पढाइन्छ। गुरुकुलका प्राधानाचार्य तथा व्यवस्थापन समितिका सचिव समेत रहेको आचार्य विशालकृष्ण बाँस्तोलाका अनुसार, उक्त गुरुकुलामा परम विव्दान गुरुजी श्री चंद्र भण्डारीले वेद आदी पढाउने गरेका छन्।

गुरुकुलको शुभारम्भ विसं.२०७६ साल माघ १६ गते सरस्वती पूजाको दिनवाट भएको हो। पूर्विय दर्शनको सोध संस्थानको रुपमा विकास गर्ने योजनामा आफूहरु लागिरहेको जानकारी पनि आचार्य विशालकृष्णले दिएका छन्। तपाईका बालबालिकालाई पनि गुरुकुल शिक्षा पद्धतिमा अध्ययन गराउन चाहनु हुन्छ भने निम्न ठेगानामा संपर्क गर्नुहोला।
सम्पर्क- 
स्वामी आनन्द सागर महाराज
श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुलम्
मेची नगर नगरपालिका -१ झापा
+9779814914000
आचार्य विशालकृष्ण बाँस्तोला
+9779816020960
#मातृछायाँ
प्रकाशन मिति–२०७७ साल भाद्र ९ गते मंगलवार ।