Tamor Nadiकाठमाडौ। पूर्वी नेपालको ताप्लेजुङ्ग जिल्लाको सावादिन गाविसमा गएराति गएको पहिरोले त्यहाँको तमोर नदी थुनिएको छ। नदी थुनिएपछि त्यसले धार परिवर्तन गर्दा नदी किनारमा रहेका तीनवटा बजार जोखिममा परेका छन्।

नदी थुनिएर फुरुम्बु गाविसमा रहेको मितलुङ्ग बजार नजिक भएर बग्न थालेपछि मितलुङ्ग बजार सहित तमोर नदी किनारमा रहेका हान्द्रुङ्ग र दोभान बजार पनि जोखिममा परेका छन्। राति करिब २ बजेको समयमा तमोर नदी पारी सावादिन गाविसको नाक्ला भीरवाट पहिरो झरेको प्रहरीले बताएको छ।

हाल मितलुङ्ग बजारका स्थानियहरु बजार छाडेर माथिल्लो भागमा सरेका छन्। स्थानियलाई सचेत भएर बस्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी प्रमुख शैलेन्द्रकुमार यादवले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असार २६ गते आइतवार ।