काठमाडौ। दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको आज भइरहेको निर्वाचनमा सबैभन्दा बढी मतदान केन्द्र पूर्वी नेपालको मोरङमा रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार मोरङमा ७ सय ५८ मतदान केन्द्र रहेका छन्। २ सय ५१ देखि ८ सय मतदाता रहेका मतदान केन्द्र ३ वटा र ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ५७ रहेका छन्।

दोस्रो बढी मतदान केन्द्र काठमाडौंमा रहेका छन् । काठमाडौंमा ७ सय ३१ मतदान केन्द्र रहेका छन् । २ सय ५१ देखि ५ सयसम्म मतदाता रहेका ३ मतदान केन्द्र र ७ सय ५० सम्म मतदाता रहेका १ सय ९३ मतदान केन्द्र रहेका छन् । त्यस्तै ७ सयदेखि १ हजार ६४ सम्म मतदाता रहेका ५ सय ३५ मतदान केन्द्र रहेका छन्।

यसैगरी प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मतदाता मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को बिराटनगर महानगरपालिका–३ को पुशेट क्याम्पस मतदान केन्द्रमा रहेका छन्। यो केन्द्रबाट १० हजार ३३८ जनाले मताधिकारका प्रयोग गर्ने छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।