काठमाडौं। नेपाली गीत–संगीतका चर्चित गायक राजेशपायल राई र गायिका निलम रोजु राईको गायन रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका निलमकै संगीत रहेको छभने, गीतको शव्द–रचना शृजना आलोक चाम्लिङ राईको रहेको छ।

प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाउने प्रयासभएको गीतको भिडियो निर्देशक सन्त कुमार राईले वताएका छन्। सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरको बेजोड अभिनय रहेको छ।

नेपालको याद मुटुभरि बोकेर परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरुको कथा आफ्नो देश कला र संस्कृति र माटोको माया भएर पनि वर्षौंदेखि जन्मभूमी देखि पर रहेर बाच्नुपर्ने बाध्यता र देश प्रतिको मायालाई टपक्क टिपेर देखाइएको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायांकन गरिएको पाइएको छ।

भिडियोको छायाङ्कन बेलायतमै बसेर लामो समयदेखि व्यवसायिक रुपमा फोटोग्राफी तथा भिडियोग्राफी गर्दैआएका डिजाइनर समेत रहेका सुमन श्रेष्ठले गरेका हुन्। निर्देशक सन्तकुमार राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केही टेलीशृंखल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लाग्दैआएका छन्। केही टेलीशृंखला समेत निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमको समेत निर्देशक हुन्।

प्रकाशन मिति–२०७७ साल कात्तिक २२ गते शनिवार ।